मिडिया एक्शन नेपालले लैङ्गिक संवेदनशील पत्रकारिता सम्बन्धी हाते पुस्तक सार्वजनिक गरेको छ । पुस्तकमा नेपाली सञ्चारमाध्यममा लैङ्गिक संवेदनशीलता अन्तरगत पत्रकार महिलाको बाइलाइन, समाचारको स्रोतमा महिला र अल्पसंख्यक यौनिक समुदाय, सम्पादकीय र विचारमा महिला सरोकारका विषयमा अध्ययन गरिएको छ ।
नेपालभरबाट २० वटा मिडियामा दुई महिनाको अवधिमा प्रकाशित भएका २१ हजार ९ सय १९ वटा सामग्री माथि गरिएको अध्ययनमा जम्मा ७६ वटा पत्रकार महिलाले लेखेका बाइलाईन प्रकाशित भएका थिए । ती प्रकाशित सामग्रीमा जम्मा ३ सय ८८ अर्थात् १.६७ प्रतिशतमात्र महिला र लैङ्गिक अल्पसख्यकको बारेमा रहेको छ । यसले नेपाली सचांरमाध्यममा महिला र लैङ्गिक अल्पसंख्यकका सामाग्रीहरुलाई कम महत्व दिने गरेको निष्कर्ष अध्ययनले देखाएको छ ।
पुस्तकलाई सार्वजनिक गर्दै मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले सञ्चारमाध्यम र त्यहाँबाट प्रकाशन र प्रसारण हुने समाचारलाई लैङ्गिकमैत्री बनाउनु जरुरी भएकोमा जोड दिए । उनले महिला र लैङ्गिक अल्पसंख्यक समुदायका कथा वस्तुलाई सञ्चारमाध्यममा महत्वका साथ स्थान दिनुपर्ने आवश्यकतालाई औंल्याए ।
अनलाईनको माध्यमबाट भएको कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र दिल्लीमा उच्च आयोग क्यानाडाका लागि राजनीतिक, आर्थिक र सार्वजनिक मामिलाकाप्रमुख म्याथ्यू लोकेनसंगै देशभरका १ सय ४० जना पत्रकारले सहभागिता जनाएका थिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो