काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उनसँग भेटघाट गरेका प्रधानमन्त्री देउवा स्वास्थ्य प्रोटोकलअनुसार आजदेखि आइसोलेसनमा बसेका हुन् ।
केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि प्रधानमन्त्री देउवा सार्वजनिक कार्यक्रममा निस्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीच भेट भएको थियो ।
बैठकको भोलिपल्टै दाहालमा कोरोना पुष्टि भएपछि देउवालगायतका अन्य सत्तारुढ दलका शीर्ष नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
प्रधानमन्त्री देउवाले आज बिहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।
सम्बन्धित खबर
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश तयारी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते