काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ । अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार हिजो शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
केही दिनदेखि असहजता महसुस भएपछि उनको पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण भएपनि आफ्नै निजी निवासमा आराम गरिरहेका उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले बताएको छ ।
डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ । प्रचण्डको सचिवालयले उनको सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ । यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं । डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरउँदछौं । धन्यबाद !!’
नारायणकाजी पनि संक्रमित
नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेनमा बसेको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै श्रेष्ठले आफ्नो भोतिक सम्पर्कमा आएकाहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु । कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै म संग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’
सम्बन्धित खबर
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
कांग्रेसको निष्कर्ष: एमालेसँग कुनै समस्या छैन, सरकार चलाउन कुनै अफ्ठेरो छैन
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमण घटनाप्रति कांग्रेसको ध्यानाकर्षण
टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई बाँड्न अध्यादेश जारी भयो: मेयर बालेन
कांग्रेसका सबै मन्त्रीलाई बोलाइयो बूढानीलकण्ठ
सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर