शहिद स्मृति विद्यालयमा खोप लगाइयो

शहिद स्मृति विद्यालयमा खोप लगाइयो

khop card@ mananiya

पोखरा । पोखरा महानगरपालिका वडा नं १४ मा रहेका शहिद स्मृति आबासिय मा.वि.मा रहेका बिद्यार्थीहरुलाई खोप लगाइएको छ ।

माओबादी जनयुद्धका क्रममा शहिद,बेपत्ता तथा घाईते भएका परिवारका बालबालिकालाई पढाउने उद्धेश्य स्वरुप स्थापना भएको बिद्यालयमा ३५० जना बिद्यार्थीहरुले अध्ययन गर्दे आएका छन् । १२ बर्ष माथि १८ बर्ष भित्रका बिद्यार्थीहरुलाई खोप लगाइएको हो ।

सो क्रममा बिद्यालयका अभिभावक तथा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले शहिद परिवारलाई खोप कार्ड दिएर खोप सुरु गरिएको थियो । सो क्रममा मन्त्री अधिकारीले नेपालको आमुल परिवर्तनका खातिर रगत बगाएका योद्धाहरुको छोराछोरीहरुलाई अध्ययन गराएर केही हदसम्म भएपनि शहिद परिवारको घाऊमा मलम लगाउने प्रयास गरिएको स्मरण गर्नु भयो । देशमा अहिले आएको गणतन्त्रको भागिदार यी बालबालिकाहरु हुन् । तर केही चतुरहरुले यस्ता संरचनाहरु प्रति पनि नजरअन्दाज गर्न खोजेकोमा उनले सचेत रहन आग्रह गरे ।

आवासिय रुपमा सञ्चालन गरिएको उक्त विद्यालयले शिक्षाको गुणस्तरमा पनि विकास गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds