काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् ।
पार्टीको काठमाडौँ महानगर कमिटीले आज शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले ओली घमण्डी भए पनि राष्ट्रियसभा निर्वाचमा हार स्वीकार गरेको टिप्पणी गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले आज पार्टीको जिल्ला अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रिय सभा चुनावका परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए । सोही भनाइलाई उधृत गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘आज तपाईंहरुले सुन्नुभएको होला–केपी ओलीको एउटा भाषण । त्यो भाषणमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ । ‘तर कसरी स्वीकार गरे होला? त्यो दम्भी स्वभावले त दिँदैन ।’
ओलीले देशभर एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाए ।
‘७७ जिल्लामा एकैचोटी जिल्ला अधिवेशन उद्घाटन गर्ने । देशैभररि एकैचोटी । यसले के हुन्छ, थाहा छ ? नयाँ नेतृत्व स्थापित हुँदैन । जिल्लाजिल्लामा जिम्मा दिएको भए, त्यहाँ नेतृत्व जाने थियो । सम्बोधन गर्ने थियो । कार्यकर्ता भेला गर्ने थियो । कार्यकर्तालाई परिचालित गर्ने थिए । सबैले विषयबस्तुहरु प्रस्तुत गर्ने थिए । अनि नेतृत्व स्थापित पनि हुने थियो’ उनले भने, ‘तर त्यसो गर्ने पद्धति नै त्यो समूहमा छैन ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते