नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

corona-51

काठमाडौँ । नेपालमा थप २४ जनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शुक्रबार विज्ञप्ति निकालेर पुस महिनामा देशभरबाट सङ्कलन गरिएका एक हजार एक सय ४६ नमुनामध्ये २४ वटामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

यसअघि नेपालमा तीन जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा ओमिक्रोन पुष्टि हुनेको सङ्ख्या २७ जना पुगेको छ ।

मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ।

सीमा नाकामा कोरोना परीक्षणलाई थप प्रभावकारी बनाउने तथा सङ्क्रमण देखिएका व्यक्तिलाई आइसोलेशनमा राखिने विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ