पोखरामा नगर बस गुड्दा गुड्दै भासिएपछि…

पोखरामा नगर बस गुड्दा गुड्दै भासिएपछि…

pkr nagar

पोखरा ३ नदिपुरमा पोखरा नगर बस गुड्दा गुड्दै भासिएपछि यात्रुहरु भयभित बने । प्रत्यक्षदर्शी सुवास मल्लका अनुसार गुडिरहेको बसको टायर एक्कासी सडक भित्र भासिएपछि यात्रुहरुको भागाभाग भएको हो ।

भासिएको ठाउँमा केही दिन अगाडि मात्रै अस्फाल्ट पिच गरिएको थियो । यात्रु लिएर गुडिरहेको ग१ख ६४५४ नम्बरको बसको टायर फसेको हो । कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार पानीको पाईपले गर्दा जमिन कमजोर बनेकाले टायर फसेको हो ।

घटना सामान्य रहेको जनाउँदै डिएसपी तिवारीले बसमा सवार यात्रुलाई केही नभएको बताए । पोखरामा पानी र पानीको पाईपकै कारण महेन्द्रपुल क्षेत्रमा ठूलो भ्वाङ नै परेको थियो । पोखरामा भौगोलिक बनावटका कारण विभिन्न क्षेत्रमा ठूला भ्वाङ पर्ने गरेका छन् ।

तस्वीरः सुवास मल्ल

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds