पोखरा । नेकपा एमाले कास्कीको १० औँ अधिवेशनको तयारी पूरा भएको छ । नेकपा एमाले, जिल्ला कमिटि कास्कीले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी पुस २३ गते हुने अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।
अधिवेशनमा लागि ९१४ जना प्रतिनिधि छनोट भैसकेको एमाले कास्कीका कार्यवाहक अध्यक्ष मनबहादर गुरुङले जानकारी दिए ।
कास्कीका एक महानगरपालिका र चार गाउँपालिका मातहतका ७२ वटा वडा, विशेष इलाका मातहतका शाखा कमिटी, गाउँपालिका, महानगरपालिका, जनवर्गीय संगठनबाट छानिएका प्रतिनिधि, सल्लाहकार परिषद्, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु अधिवेशनमा प्रतिनिधिका रुपमा छनोट भएका छन् ।
अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १० वटा उपसमितिहरु गठन भएका छन् । देशभरका ७७ वटै जिल्ला अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले जानकारी दिए ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । झण्डै आठ वर्षपछि जिल्ला अधिवेशन हुन लागेको हो । अधिवेशनबाट सकेसम्म सर्वसम्मत नसके आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिने एमाले कास्कीका कावा अध्यक्ष गुरुङले बताए ।
सम्बन्धित समाचारः
एमाले कास्कीको १० औं अधिवेशन पुस २३ गते, प्रतिनिधि छानिए, प्रचारप्रसार तीव्र
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते