काठमाण्डौ। युवतीलाई पोखरा लैजान्छु भन्दै भारतमा लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं -५ निवासी २६ वर्षीया अनिशा तामाङ भन्ने फुलमाया तामाङले पीडित युवतीलाई विभिन्न प्रलोभनमा पारी पोखरा लैजान्छु भन्दै भारतको कोठीमा लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
घटना २०७४ साल साउन महिनाको हो। तामाङले पीडित भनिएकी युवतीलाई पोखराको एक होटलमा नाच्ने तथा बाँकी समय आफ्नै घरमा घरायसी काम गर्नुपर्ने त्यसवापत राम्रो आम्दानि हुने भन्दै विभिन्न प्रलोभनमा पारी काठमाडौं आकाशेधारास्थित होटलमा लगि चाउमिनमा वेहोश हुने औषधी मिसाएर खुवाएकी थिइन्। बेहोश भएकी युवतीलाई तामाङले भारतको बम्बई, ईलाहाबाद, कलकत्ता तथा कुचबिहारको कोठीहरुमा पुर्याई पटक-पटक बेचबिखन गरी वेश्यावृत्तीमा लाग्न वाध्य पारेकी थिइन्।
सोही क्रममा पीडित युवती भारतीय प्रहरीको सम्पर्कमा आइन्। र, प्रहरीको समन्वयमा नेपाली राजदुताबास तथा नेपालस्थित विश्व सेवा बिस्तार संस्थाको सहयोगमा गत असोज २३ गते नेपाल फर्कन सफल भएकी थिइन्। पछि पीडित महिलाकै जाहेरीका आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपनबाट तमाङलाई पक्राउ गरेको हो ।
हाल पक्राउ परेकी तामाङमाथि थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ।
सम्बन्धित खबर
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन