कोरोनाविरुद्धको बुस्टर डोज अभियान स्थगित

कोरोनाविरुद्धको बुस्टर डोज अभियान स्थगित

corona-khop

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज अभियान स्थगित भएको छ ।

प्राविधिकलगायतका विभिन्न कारणले खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मङ्गलबारदेखि खोप लगाउन सुरु गर्न भनेर सोमबार देशभरि नै पत्राचार गरिएकोमा कतिपय पालिकाले लगाउन सुरुसमेत गरिसकेका थिए ।

तर दिनभर आएको प्रतिक्रियाअनुसार कतिपय ठाउँमा एक मात्रासम्म नपाइएको अवस्थामा अतिरिक्त मात्रा लगाउँदा प्राविधिक रूपमा समेत नमिलेको जस्तो भएर माघसम्मका लागि अभियान स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।

माघपछि कसरी लगाउने र के गर्ने भनेर फेरि छलफल गरेर मात्र निर्णय गरिने बताइएको छ । बुस्टर डोज अभियान रोकिए पनि कोरोनाको अरू नियमित खोप अभियान भने सञ्चालन भइरहन मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ