युवतीलाई लागु औषध सेवन गराई जबर्जस्ती करणी गर्ने युवक पक्राउ

युवतीलाई लागु औषध सेवन गराई जबर्जस्ती करणी गर्ने युवक पक्राउ

raper1

काठमाडौं। २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारी रहेका छन्। 

प्रहरीका अनुसार भण्डारीले बूढानीलकण्ठ नगरपालिका-२ बाडेपाखास्थित खाली चौरमा युवतीलाई लागु औषध सेवन गराई बिहीबार साँझ पटक-पटक जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds