नेपालमा पनि आजदेखि कोरोना विरुद्धको खोपको बुस्टर डोज, कस्ता व्यक्तिले लगाउन पाउने?

नेपालमा पनि आजदेखि कोरोना विरुद्धको खोपको बुस्टर डोज, कस्ता व्यक्तिले लगाउन पाउने?

corona-khop

काठमाडौँ । नेपालमा पनि आजदेखि कोरोना विरुद्धको खोपको बुस्टर डोज दिने भएको छ ।

कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिलाई थप एक मात्रा खोप दिन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने छ । मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोध क्षमता कम भएका, क्यान्सर पीडित, अंग प्रत्यारोपण गरेका, एचआइभी पीडितलगायतलाई बुस्टर खोप लगाइने छ ।

यस्तै, चिनियाँ खोप भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई पनि बुस्टर खोप मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसअघि खोप लगाएको कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ