पोखरा । २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा आगामी माघ ६ देखि १५ सम्म चल्ने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ मोफसलको चर्चित क्लब सहारा क्लबले विषम परिस्थितिको बाबजुद पनि बर्सेनी यो प्रतियोगितालाई निरन्तरता दिंदै आएको छ । यसपालिको प्रतियोगिता पनि सभ्य र भव्यरुपमा सफल पार्न विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु निरन्तर खटिएको क्लब अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ ले जानकारी दिए ।
प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम गरी कुल १० टिमले भाग लिने छन् । गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुङ हो ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ हो । हिमश्रीले सुरुआतदेखि नै मुख्य प्रायोजक रुपमा साथ दिंदै आएको छ । प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने आयोजकले जनाएको छ । हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । क्लबले २०६१ सालदेखि सञ्चालन गरेको एकेडेमीमा आश्रित बालकलाई आवासीय सुविधासहित स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण दिने गरिन्छ । एकेडेमी पोखरा–१७, दोविल्लामा छ ।
प्रतियोगिताबाट कुल अनुमानित आम्दानी १ करोड ३६ लाख १ हजार र खर्च १ करोड ६ लाख ४८ हजार हुने आयोजकको अनुमान रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए ।
सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, अफिसियल बैंक लुम्बिनी विकास बैंक, वल्र्ड लिङ्क, सिताज्, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद÷प्रदेश खेलकुद परिषद् गण्डकी रअखिल नेपाल फुटबल संघ÷पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति/जिल्ला खेलकुद विकास समिति कास्की÷कास्की जिल्ला फुटबल संघ÷ सहारा युके÷सहारा क्लब हङकङ÷सहारा क्लब अष्ट्रेलिया समेतको विशेष सहयोग छ भने संयोजन पोखरा महानगरपालिकाको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते