शीतलहर सुरु भएपछि शैक्षिक संंस्था बन्द

शीतलहर सुरु भएपछि शैक्षिक संंस्था बन्द

school-1_

पर्सा । शीतलहर सुरु भएको भन्दै पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

आजदेखि पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको हो ।

यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ। महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको हो।

प्रति ब्यक्ति करिब छ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds