पाल्पा बस दुर्घटनाः ज्यान गुमाएका सबैको सनाखत

पाल्पा बस दुर्घटनाः ज्यान गुमाएका सबैको सनाखत

bus-accident

पाल्पा । पाल्पाको लघुवामा भएको बस दुर्घटनामा परि ज्यान गुमाउने सबैको सनाखत भएको छ । आइतबार बिहान भएको उक्त दुर्घटनामा ज्यान गुमाएका सात जनाकै सनाखत भएको हो ।

सनाखत हुनेमा अर्घाखाँचीको मालारानी गाउँपालिका २ का चार जना रहेका छन् । मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, २५ वर्षीय शङ्कर विश्वकर्मा, २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन् ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगर ११ का ३२ वर्षीय विजय थापा, बुटवल १७ का ३० वर्षीय पशुपति रसाइली र खुमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालप पाल्पाले जनाएको छ ।

बुटवलबाट वीरबहादुर विश्वकर्माको शव बोकेर गएको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा ओरालो घुम्तीमा दुर्घटना भई ६० मिटर तल खसेको हो ।

दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चिप्लो सडकमा तीव्र गतिले गर्दा दुर्घटना भएको प्रहरीको अनुमान छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ