अनेरास्ववियु, जनप्रिय बहुमुखी क्याम्पस कमिटिको अध्यक्षमा शिव पराजुली सर्वसम्मत चयन भएका छन् । क्याम्पस कमिटिको सातौं सम्मेलनले पराजुलीको नेतृत्वमा ३३ सदस्यीय कमिटि चयन गरेको हो ।
कमिटिको सचिवमा आविष्कार केसी चयन भए । यस्तै, सहसचिवमा सचिन अधिकारी, सुरज ढकाल र शर्मिला गिरीलाई चयन गरिएको छ । कोषाध्यक्ष रचना अधिकारी बनेकी छिन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले अनेरास्ववियुको गरिमामय विरासतलाई जोगाउँदै क्याम्पसमा नेतृत्वदायी भूमिका खेल्न नयाँ कमिटिलाई सुझाव दिए ।
आयोजक कमिटीका संयोजक किसान भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी नेताहरु आशिर्वाद सुवेदी, अर्जुन अधिकारी, प्रकाश पौडेल, सुशन घिमिरे, महेन्द्र पौडेल, विश्वदर्शन पराजुली, अनेरास्ववियु कास्की जिल्ला कमिटीका अध्यक्ष बिजय पौडेल, महानगर कमिटीका संयोजक बिनोद भण्डारीको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सागर शर्माले गरेका थिए ।
साे अवसरमा जनप्रिय क्याम्पस कमिटिमा विभिन्न कालखण्डमा नेतृत्वमा रहेर वा सहयाेग गरेर साथ दिने अखिलकर्मीहरूलाई सम्मान समेत गरिएकाे थियाे ।

सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन