आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित

sanghiya-samsad

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची थियो ।

नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेको कारणले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

अर्को वैठक पुस २२ गतेका लागि डाकिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ