कश्मीरको बैष्णो देवी मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु

कश्मीरको बैष्णो देवी मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु

vagdaud

काठमाडौँ । भारतमा एउटा हिन्दु मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु भएको छ ।

भारत प्रशासित कश्मीरको माता बैष्णो देवी मन्दिरमा विवादपछि भएको भागदौडमा अन्य थुप्रै घाईते भएका छन् । मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।

सो मन्दिरमा हरेक दिन दशौं हजार मानिस जाने गर्छन् ।

मन्दिरमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन हजारौं भक्तजनको भिड लागेको थियो ।

महामारीपछि मन्दिरमा दैनिक बढीमा २५ हजार जनालाई मात्र जाने अनुमति दिइएको छ । तर, शनिरबार मन्दिरमा अनुमति दिएभन्दा दोब्बर संख्यामा भक्तजनको भिड लागेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ