युवा संघ पोखरा १८ अध्यक्षमा धन पुन, युथ फोर्स नेतृत्वमा तिमिल्सिना

युवा संघ पोखरा १८ अध्यक्षमा धन पुन, युथ फोर्स नेतृत्वमा तिमिल्सिना

18 yuwa sang

पोखरा । राष्ट्रिय युवा संघ पोखरा १८ नं. वडा कमिटिको अध्यक्षमा धन पुन चयन भएका छन् । संघको ५ औं वडा अधिवेशनले उपाध्यक्षमा अश्विन भन्डारी, सचिवमा झपेन्द्र भुजेल, सहसचिवमा भगवान पहारी र सुनिल ढकाललाई चयन गरेको हो ।

यस्तै, युथ फोर्सको वडा कमिटिको अध्यक्षमा मदनमणि तिमिल्सिनालाई चयन गरेको छ । उपाध्यक्षमा ललित गोतामे, सचिवमा अनुज थापा तथा सहसचिवमा मिलन थापामगर र आशिष थापालाई चयन गरेको छ ।

अधिवेशनका प्रमुख अतिथि नेकपा एमालेका गण्डकी प्रदेश सचिव एवं पूर्वमन्त्री जगत बहादुर विश्वकर्माले समग्र पार्टीको बारेमा बताउँदै अब युवाहरु पार्टीको काममा लाग्नु पर्ने बताए। देश विकासका लागि युवाहरु अग्रपथमा रहनु पर्नेमा उनको जोड थियो ।

अध्यक्ष विष्णु थापाको अध्यक्षतामा भएको कार्यक्रममा शुशिल जिसीले स्वागत तथा धनबहादुर पुनले सञ्चालन गरेका थिए । विशेष अतिथी दिपक पौडेल, रण बहादुर थापा लगायतले बोलेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ