पोखरा । गृहमन्त्री बालकृष्ण खाँडले पर्यटकीय नगरी पोखरा २४ घण्टा नै खुला हुनुपर्ने बताएका छन् । उनले आवश्यक शान्ति सुरक्षाको प्रत्याभूत गर्ने गरी अघि बढ्न सुरक्षा निकाय र प्रशासनलाई पनि निर्देशन दिए ।
पोखराको लेकसाइडमा सडक महोत्सवको शुभारम्भ समारोहमा बोल्दै खाँडले व्यवसायीको मागप्रति सकारात्मक रहेको बताए । नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौँको ठमेल, चितवनको सौराहा र पोखराको लेकसाइडलाई चौबिसै घण्टा खुल्ला गर्ने गरी तयारी अगाडि बढाएको थियो । तर, विश्वव्यापी कोरोना महामारीले भ्रमण वर्ष प्रभावित बनेको थियो ।
‘म प्रहरीका डिआईजी र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिन्छु । पोखरा २४ घण्टा नै खुला हुनुपर्छ । पर्यटकीय गतिविधि बढाउनुपर्छ । राति रेष्टुरेन्टमा छिरेर बन्द गराउँदै नहिँड्नुहोला । पर्यटक तर्साउने काम नगर्नुहोला ।’ – गृहमन्त्री खाँडले भने ।
उनले तत्काललाई पूरै पोखराको रात्री सुरक्षाका लागि प्रहरी तयार नभए ट्रायल गर्दै अघि बढ्न पनि सुझाए । खाँडले भने – ‘अहिले पूरै पोखरा २४ घण्टा नै खुलाउन सकिन्न भन्ने लाग्छ भने केही स्थान तोकेर पनि सकिन्छ । ट्रायल गरेर हेर्नुहोला ।’
आफू रेष्टुरेन्टमा बसेर राति खाँदै गफिँदै गर्दा अगाडिको गेट बन्द गरेपछि पछाडिको गेटबाट हिलाम्य निस्कनुपरेको स्मरण गर्दै उनले भने – ‘मन मिल्ने गृहमन्त्री बनेमा भन्छु भनेको थिएँ, अहिले म आफै गृहमन्त्री छु । अब गर्नुप¥यो । पोखरा २४ घण्टा नै खुल्नुपर्छ । प्रहरीले तर्साउने काम नगरोस् । अगाडिको गेट बन्द गर्ने काम नगरोस् । अगाडिबाट छिरेको ग्राहक अगाडि गेटबाटै निस्कनुपर्छ । पछाडिको गेटबाट होइन ।’

गृहमन्त्री खाँडले फेवातालको सीमांकन प्रतिवेदन अनुसार अघि बढ्न सबैको साथ आवश्यक रहेको पनि बताए । ‘फेवाताल सीमांकनभित्रै होटल संरचनाहरु पर्लान् । उनीहरुले नेताहरु ल्याएर बसाउने, खाने त्यहीँ होला । नेता नहुँदा नेमप्लेट नै टाँसिरहेका पनि होलान् ।’ गृहमन्त्री खाँडले भने – ‘डेढ २ वर्ष अघि मैले नि पत्रपत्रिका पढेर थाहा भएको हो । लेख्ने पत्रकार साथीहरुलाई अझै बढी थाहा होला । यस्तो आपत छ । यो हाम्रो राष्ट्रिय चरित्र हो ।’
कास्की प्रहरी रात्री सुरक्षाका लागि सक्षम छ : प्रवक्ता तिवारी
रात्री व्यवसायमा प्रहरीको धरपकडले व्यवसायी आतंकित बनेको गुनासो आइरहेको छ । गृहमन्त्री बोलिरहँदा समारोह स्थलमै भेटिएका कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले आफूहरु पोखरा २४ घण्टा नै खुल्नुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘हामी नै पोखरा रातभर जागा होस् भन्ने चाहन्छौं । एसपी साब पनि यही चाहनुहुन्छ ।’ – तिवारीले भने ।
रातभर सुरक्षा प्रदान गर्न सकिन्छ ? भन्ने प्रश्नमा डिएसपी तिवारीले भने– हामी सक्छौं । सक्षम छौँ । सबै मान्छे सुतेको बेला किन नसक्नु ?

पोखराका व्यवसायीहरुले पनि सरकारले आवश्यक पूर्वाधारको विकास गरी शान्ति सुरक्षाको प्रत्याभूत गराउन सके व्यवसाय सञ्चालन गर्न सकिने बताउँदै आएका छन् ।
रात्रीकालीन चहलपहल हुने स्थानका स्थानियलाई भने होहल्लाको पीर छ । ध्वनी प्रदुषणको व्यवस्थापन र यहाँका स्थानीय बासिन्दाको जीवनमा असर नपर्ने गरी सुरक्षाको व्यवस्था दिन सके मात्रै होटल रेष्टुरेण्ट रातभर चल्न दिने पक्षमा उनीहरु छन् ।
सिसिटिभी, सुरक्षा गार्ड, खुला स्थान, आकस्मिक कक्ष, स्टाफलाई ड्युटिपछि घर पु¥याउने जिम्मा, महिला कर्मचारीको सुरक्षा लगायतका विषयमा व्यवसायी जिम्मेवार भने बन्नुपर्नेछ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो