ओमिक्रोनलाई निस्कृय पार्ने ‘एन्टीबडी’ पत्ता लागेको वैज्ञानिकको दाबी

ओमिक्रोनलाई निस्कृय पार्ने ‘एन्टीबडी’ पत्ता लागेको वैज्ञानिकको दाबी

omicron-virus

काठमाडौँ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई तटस्थ पार्ने एन्टिबडी पत्ता लागेको वैज्ञानिकहरूले बताएका छन् । यो सँगै नयाँ भेरियन्ट नियन्त्रणमा वैज्ञानिकहरुमा केही आशा पलाएको छ ।

पत्ता लागेको भनिएको एन्टिबडीले भाइरस उत्परिवर्तन भइसकेपछि पनि परिवर्तन नहुने भाइरसको संरचनाको क्षेत्रलाई निशाना बनाउनेछ ।

विकसित एन्टिबडीले अहिले विश्वभर त्रास फैलाइरहेको ओम्रिकोनबाहेक भविष्यमा उत्पत्ति हुने नयाँ भेरियन्ट नियन्त्रणमा पनि उपयोगी हुने युनिभर्सिटी अफ वासिंगटन स्कुल अफ मेडिसिनका प्राध्यापक डेभिड भेस्लर बताउँछन् ।

नयाँ एन्टिबडीबारे गरिएको अध्ययन जर्नल नेचरमा प्रकाशित छ । अध्ययनले खोप निर्माण गर्न र एन्टिबडी उपचारमा सहयोग गर्ने वैज्ञानिकहरूले विश्वास गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ