‘लाउरे’ नामले युवामाझ चर्चित र्यापर आशिष राना पोखराबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीमाथि लागुऔषध कारोबार गरेको आरोप लागेको छ ।
कार्यालयका प्रवक्ता डिएसपी सुन्दर तिवारीले लाउरे पक्राउ परेको पुष्टि गरे । डिएसपी तिवारीले गण्डकन्यूजसँग भने – ‘हिजो पक्राउ परेका हुन् । पोखराबाटै हो । लागुऔषध सम्बन्धमा मुछिएपछि अनुसन्धानका लागि पक्राउ गरेका छौं ।’
प्रहरीले यसबारे थप खुलाउन चाहेन । ‘अहिले अनुसन्धान हुँदैछ । अहिलेलाई यति भनेँ ।’- डिएसपी तिवारीले भने ।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले रानासहित ४ जना पक्राउ परेको जानकारी दिए । अहिले अनुसन्धानकै क्रममा रहेको भन्दै उनले अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने बताए ।
श्रोतका अनुसार उनीमाथि ब्राउन सुगर कारोबार गरेको आरोप लागेको छ । यसको मूख्य कारोबारी पनि पक्राउ परेका छन् । न्यूरोडबाट नजिकै जाल्पारोड स्थित एक घरको कोठाबाट राना, युवतीसहित गरी ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
युवामाझ चर्चा कमाएका लाउरे अहिले रियालिटी शो हिमालय रोडिजका निर्णायकका रुपमा ब्यस्त पनि थिए ।
‘ताण्डव’ फिल्मका नायक समेत उनले र्यापसहित केही फिल्ममा ओएसटी पनि गाएका छन् । स्व. र्यापर यमबुद्धका मिल्ने साथी लाउरे र्याप ब्याटलबाट उदाएका र्यापर हुन् ।
पोखराकाे नयाँबजार घर भएका लाउरे यसअघि विवादमा आएका थिएनन् । भिटेन, साकार जस्ता समकालीनहरू विवादमा छाइरहँदा उनी विवादबाट बाहिरै थिए । नेपहपको बाटो, हाउडे, मेरो सोल्टा, तीतो सत्य, चुप लाग, सुपर रागा, दुई रुपैयाँ जस्ता गीतहरू उनका चर्चित छन् ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने