ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ ल्याउन सक्छः डब्ल्युएचओ

ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ ल्याउन सक्छः डब्ल्युएचओ

Corona-wavee

काठमाडौँ । काभिड–१९ को दुई भेरियन्ट ओमिक्रोन र डेल्टा एकै पटक फैलिंदा सङ्क्रमणको ‘सुनामी’ नै ल्याउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

युरोप र अमेरिकामा कोरोनाका नयाँ सङ्क्रमित उच्च सङ्ख्यामा देखा परिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सङ्क्रमण ‘सुनामी’को चेतावनी दिएका हुन् ।

उनले कोरोनाका दुईवटा भेरियन्टको चुनौती निक्कै डरलाग्दो गरी बढेको बताएका छन् । अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सङ्क्रमणले आउँदो जनवरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दुमा पुग्ने सम्भावना देखिएको बताएका छन् ।

सङ्क्रमण बढेपछि केही देशमा कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बुस्टर अभियान समेत सुरु भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ