पुस १५ गते गण्डकीमा सार्वजनिक बिदा

पुस १५ गते गण्डकीमा सार्वजनिक बिदा

Sarbajanik-Bida-Public-Holiday-Gandaki-Pradesh-bida

पाेखरा । तमु ल्होछारका अवसरमा गण्डकी प्रदेश सरकारले भाेलि पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलकाे सचिवालयले बिदा बारे जानकारी दिएकाे हाे ।

गृह मन्त्रालयले पनि बिहीबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । पुस १५ गते बिहीबार तमु ल्होसार पर्व हो । सोही पर्वको उपलक्ष्यमा बिदा दिन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको मन्त्रालय स्रोतले बताएको छ ।

यसअघि पुस ४ गतेको योमरी पुन्हेँका दिन सरकारले राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको थियो । गत १० गते क्रिसमस पर्वको दिन पनि सरकारले सार्वजनिक बिदाको घोषणा गरेको थियो । जबकी त्यो दिन शनिबार परेकाले मुलुकभर सार्वजनिक बिदा नै थियो ।

आगामी सोमबार पनि अर्को ल्होसार पर्व परेको छ । उक्त दिन तोल ल्होसार हो । गत वर्ष फागुनमा सरकारले नयाँ वर्ष २०७८ को बिदा सूची घोषणा गर्दा अधिकांश पर्वमा सम्बन्धित धर्मावलम्वी तथा समुदायलाई बिदा दिने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ