पोखरामा ६.५ मिलिमिटर वर्षा, देशभर नै चिसो बढ्यो

पोखरामा ६.५ मिलिमिटर वर्षा, देशभर नै चिसो बढ्यो

Pokhara Scene 1

तस्वीरः विपिन दाहाल

पोखरा र काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा मंगलबार रातीदेखि देशभर वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौँका डाँडामा पनि हिउँ परेको छ । काठमाडौँमा मंगलबार वर्षा नभए पनि बुधबार बिहान काठमाडौँमा १०.७ मिलिमिटर वर्षा भएको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाको ताजा विवरण अनुसार पोखरामा ६.५, दिपालयमा १२, डडेलधुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, नेपालगन्जमा २, जुम्लामा २.६ र घोराहीमा ०.६ मिलिमिटर, भैरहवामा १२.६, सिमरामा १३, ओखलढुङ्गामा ३ र ताप्लेजुङमा १२.३ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि फाट्टफुट्ट वर्षा भइरहेको छ ।

बिहीबार भने मौसममा केही सुधार आउने अपेक्षा गरिएको छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ