फ्रान्सका स्टार किलियान एम्बाप्पेले तत्काल पेरिस सेन्ट जर्मेन नछाड्ने भएका छन् । सन् २०१८ को विश्वकप विजेता खेलाडीले कनेक्ट द वर्ल्डकी बेकी एन्डरसनसँग कुराकानी गर्दै आफू यो सिजन यही टोलीमा रहने शतप्रतिशत पक्का भएको बताएका हुन् ।
‘म मेरो टोलीलाई च्याम्पियन्स लिग, लिग र कप दिलाउन सबै कुरा दिनेछु । किनभने क्लबका समर्थकहरू यो खुसीको हकदार छन्,’ एम्बाप्पेले भने । २३ वर्षीय खेलाडीको पीएसजीसँगको करार जुन ३०, २०२२ मा सकिँदैछ । उनले अर्को सिजन रियल म्याड्रिड जाने कुरालाई भने नकारेनन् ।
‘के तपाईं अर्को सिजन रियल म्याड्रिडबाट खेल्नुहुन्छ ?,’ भन्ने प्रश्नमा एम्बाप्पेले हाँस्दै अहिले आफ्नो दिमागमा रियललाई फेब्रुअरी र मार्चमा हराउने कुरा मात्र रहेको बताए । एम्बाप्पेको पीएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ मा १३ पटकको विजेता रियलसँग भिड्दैछ ।
गत अगस्तमा रियलले एम्बाप्पेका लागि १८.८ करोड डलरको अफर राखेको थियो । जसलाई पीएसजीले अस्वीकार गरेको थियो । स्ट्राइकरले त्यतिबेला आफू पीएसजी छाडेर जान चाहेको बताएका थिए । त्यसयता पनि उनी रियल जाने चर्चा चलिरहेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते