खराब मौसमले पोखरा विमानस्थलमा उडान प्रभावित

खराब मौसमले पोखरा विमानस्थलमा उडान प्रभावित

Pokhara Airport

काठमाडौं । वर्षा र खराब मौसमका कारण आन्तरिक उडान प्रभावित भएको छ । कास्कीको पोखरा विमानस्थलसहित बाँकेको नेपालगञ्ज र सोलुखुम्बुको लुक्लामा उडान हुन सकेको छैन । पोखरामा ३ हजार मिटर भिजिबिलिटी छ ।

भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका ३ वटा विमानस्थलमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक भोला प्रसाद गुरागाईले बताएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा समस्या छैन । लुक्लामा ५ सय मिटर मात्रै भिजिबिलिटी छ । डोल्पा, सिमिकोट लगायतका स्थानका सबै उडान पछि पछि रद्ध गरिएको छ ।

विमानस्थल कार्यालयका अनुसार पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि जहाजहरु उड्न सकेका छैनन् । अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ ।

सिमराबाट काठमाडौंका लागि उडेको एती एयरलाइन्सको एक जहाज मकवानपुर क्षेत्रको आकासमा केहीबेर फन्को मारेर काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds