एक महिला सामूहिक बलात्कारकाे शिकार भएकी छन् । काठमाण्डाै नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना महिलालाई सामूहिक बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले घटनाकाे पुष्टि गरेका छन् ।
उनका अनुसार पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया महिलालाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेर गएका थिए । त्यसपछि उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाए ।
त्यसरात दुईजनाले सामूहिक बलात्कार गरेको खुल्न आएको छ । भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर सो अपराध गरेका हुन् ।
प्रहरी अनुसन्धानमा आरोपीहरूले ३ वटा गेस्ट हाउसमा लगेर बलात्कार गरेको खुलेको छ । बलात्कारमा संलग्न आरोपीहरू मुगु घर भएका युवराज बडुवाल, हिक्मत नेपाली रहेका छन् । त्यस्तै रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र गोपाल कुमार श्रीस अर्घाखाँचीका हुन् ।
उक्त घटनाका आरोपी मुगुका हस्त नेपाली र चन्द्र साउद फरार छन् । पीडित महिला काम खोज्न सुर्खेतबाट काठमाडौँ आएकी थिइन् । उनका पति लामो समयदेखि भारतमा गएर बेपत्ता भएको बताइन्छ ।
दुई सन्तानको लालनपालनका लागि काठमाडौँ आएकी उनलाई बलात्कारको शिकार बनाइएको हो । चिच्याउँदै उनी प्रहरीकहाँ पुगेपछि घटना बाहिर आएको थियो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने