प्रेस चौतारी नेपालको नवौं केन्द्रीय महाधिवेशन पोखरामा हुने भएको छ । आगामी माघ २२ देखि २४ गतेसम्म पोखरामा पहिलो पटक महाधिवेशन आयोजना गर्ने निर्णय लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटि बैठकले गरेको हो । उपाध्यक्ष गणेश पाण्डेको संयोजकत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ ।
केन्द्रीय कमिटीको बैठकमा चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन, प्रदेश र जिल्ला अधिवेशनको मिति तय, साङ्गठिनक र आर्थिक प्रतिवेदनलगायत विषयमा छलफल भएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । जिल्ला अधिवेशन पुस २८ र २९, साथै प्रदेश अधिवेशन माघ ३–६, मा गर्ने निर्णय बैठकले गरेको छ ।
चौतारी सबै संगठनको मार्गनिर्देशक र सहयोगी बन्नुपर्छः ईञ्चार्ज गुरुङ
बैठकमा सम्बोधन गर्दै नेकपा (एमाले)का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी बलियो हुन जनवर्गीय सङ्गठन प्रभावकारी हुनुपर्नेमा बताएका छन्। लुम्बिनीमा मंगलबार सुरु भएको प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै चौतारीका ईञ्चार्ज समेत रहेका प्रचार विभाग प्रमुख गुरुङले एमालेका अन्य संगठनभन्दा प्रेस चौतारी अब्बल हुनुपर्ने धारणा राखेका हुन्।
‘पार्टीका २२ संगठन छन्। त्यसमध्ये म प्रेस चौतारीको इन्चार्ज छु। गुरुङले भने, ‘त्यस हैसियतले म प्रेस चौतारी अध्ययन, अनुसन्धानमा पोख्त हुनुपर्छ भन्ने चाहन्छु। प्रविधि प्रयोगमा यो संगठन अग्रणी हुनुपर्छ। अरू सबै संगठनभन्दा प्रेस चौतारी अब्बल हुनुपर्छ, सबै संगठनका लागि मार्गनिर्देशक र सहयोगी बन्नुपर्छ।’
गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने पनि बताए । उनले एमालेबाहेकका दल विचारविहीन रहेको टिप्पणी गरे । उनले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको आरोप लगाए ।
एमालेलाई दक्षिणपन्थी अवसरवादबाट जोगाउनु मुख्य चुनौती रहेको गुरुङको भनाई छ । बैठकलाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले एमाले १०औँ महाधिवेशनपछि एकढिक्का भएर अगाडि बढेको बताए ।
राष्ट्रिय सभाका एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सत्ता स्वार्थमा बनेको पाँच दलीय गठबन्धन धेरै दिन नटिक्ने बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम