पौने तीन किलो गाँजासहित स्याङ्जाका युवक पोखरामा पक्राउ

पौने तीन किलो गाँजासहित स्याङ्जाका युवक पोखरामा पक्राउ

bikram-grg

स्याङ्जाका युवक पोखरामा पोखरामा लागुऔषधसहित पक्राउ परेका छन् । कास्की प्रहरीका अनुसार स्याङ्जाको वालिङ–४ घर भई पोखरा– १७ घारीपाटन बस्ने २४ वर्षीय विक्रम गुरुङ दुई किलो ७३० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

प्रहरी कार्यालय, गगनगौडाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पोखरा ३२ मझुवा स्थित पृथ्वी राजमार्ग सडक खण्डमा मंगलबार सवारी साधन चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

गुरुङमाथि लागुऔषध मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ