सनातन धर्मालम्बीहरुको घरमा एक मन्दिर हुनु सामान्य हो । धार्मिक आस्थाका कारण मानिसहरू घरका मन्दिरमा विभिन्न देवी देवताको मूर्ति राख्ने गर्दछन् । तर घरको मन्दिरमा कति मूर्ति राख्नु पर्दछ रु यसबारे धेरैमा अनभिज्ञता हुन सक्छ ।
वास्तु शास्त्र अनुसार घरको मन्दिरमा मूर्तिका संख्यामा कुनै रोक छैन । तर कुनै पनि देवताको एक भन्दा बढी मूर्ति भने राख्नु नहुने मान्यता छ । यदि कुनै देवताको एक भन्दा बढी मूर्ति वा तस्बिर भए त्यसलाई घरकै अर्को भागमा सम्मानका साथ राख्नु पर्दछ । यस्तै मन्दिरमा भएका मूर्ति राखी शान्त स्वभाव र आशीर्वाद दिएको मुद्राको हुनु पर्ने मान्यता छ । रौद्र रूपधारी मूर्ति घरमा राख्नु हुँदैन ।
यस्तै घरमा कुनै खण्डित, टुटेफुटेको वा पुरानो मूर्ति भए त्यसलाई तलाउ वा नदीमा विसर्जन गर्नुपर्ने मान्यता छ । यसो गर्न असम्भव भए घर कै कुनै सफा स्थानमा सम्मानका साथ भूसमाधि गरी दिनु पर्दछ ।
वास्तु अनुसार घरको मन्दिरमा राखेको कुनै पनि मूर्ति ढाड फर्किएको मुद्राको हुनु हुँदैन । यस्तो मूर्ति राख्नु अशुभ मानिन्छ । यसले भगवान रुष्ट हुने विश्वास गरिन्छ । यसको सट्टा भगवान्को सिधा अनुहार देखिने मूर्ति राख्नु पर्दछ । साथै घरका मन्दिरमा भएका सबै मूर्तिको आकार एकै समान भएका राख्नु पर्दछ । मन्दिरमा असमान आकारका मूर्ति राख्नु अशुभ मानिन्छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो