सरकारी, सार्वजनिक र गुठी जग्गा २१ जिल्लामा ९ हजार ७९ रोपनी १० आना अतिक्रमण भएको छ। भूमाफियाले चलखेल गरी कर्मचारी, नेताको मिलेमतोमा मसानघाटदेखि खोलासम्मको जग्गा हडपिएको सरकारी अध्ययनले देखाएको छ। तर, यससम्बन्धी प्रतिवेदन सरकारले दुई वर्षसम्म सार्वजनिक गरेको छैन।
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका ती प्रतिवेदन अन्नपूर्ण पोस्ट्लाई प्राप्त भएको छ। नेता र कर्मचारीकै मिलेमतोमा सार्वजनिक सम्पत्ति हडपिएका कारण प्रतिवेदन सार्वजनिक गर्न सरकारले आनाकानी गरिरहेको हुन सक्ने तत्कालीन आयोगका पदाधिकारी बताउँछन्।
‘अध्ययन त हामीले धेरै गरेका थियौं। तर, ३३ वटा प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायौं’, तत्कालीन सदस्य पुण्य भुसाल भन्छन्, ‘बाँकी अध्ययन गरिएको फाइल विभागीय मन्त्रालय भूमि–व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई हस्तान्तरण गरेका छौं।’ कुनै–कुनै विषयका अध्ययनको ९५ प्रतिशत कामसमेत सकिएको भुसाल सुनाउँछन्।
आयोगले २०७६ मंसिर १४ र २०७७ माघ २८ मा दुई चरणमा सरकारलाई ३३ वटा प्रतिवेदन बुझाएको थियो। आयोगले पहिलो पटक नौ स्थानको जग्गा अतिक्रमणसम्बन्धी र एउटा भूमि प्रशासनलाई सुधार गर्नुपर्ने विषयमा प्रतिवेदन दिएको थियो।
दोस्रो पटक २३ थानको जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन बुुझाएको हो। ३ सय ३२ वटा उजुरी परेकामा आयोगले ३२ वटाको अध्ययन गरेको जनाइएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको उच्च स्रोतका अनुसार भने प्रतिवेदन कार्यान्वयन चरणमा रहेको बताउँछ।
यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते