सिरहामा जारी निषेधाज्ञा हट्यो

सिरहामा जारी निषेधाज्ञा हट्यो

jhapad-siraha

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको निषेधाज्ञा हटाएको छ ।

जिल्लाको अवस्था सामान्य बन्दै गएपछि आज (बुधबार) बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको जनाइएको छ ।

औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बीउ लुटेको आरोपमा स्थानीय युवा मिथिलेश यादव पक्राउ परेपछि सिके रावत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरेको थियो ।

आन्दोलनका क्रममा जनमत पार्टीका १८ कार्यकर्ता पक्राउ परेका थिए । उनीहरुलाई स्थानीय प्रशासन र यादवलाई जिल्ला अदालत धनुषाको आदेशमा हिजै रिहा गरिएको छ ।

औरही गाउँपालिकाले यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा आपराधिक उपद्रव मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds