पाँच महिनामा ३६७ प्रहरीविरुद्ध उजुरी

पाँच महिनामा ३६७ प्रहरीविरुद्ध उजुरी

nepal police

काठमाडौँ । गत साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ ।

अनलाइन उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार लगायतमा उजुरी परेको हो ।

उजुरी परेकामध्ये १३८ वटा विषय अझै छानविनका क्रममा रहेको छ । २२९ वटा घटनाको छानबिन सकिएको छ । यही अवधिमा एक हजार १४५ जना प्रहरी कर्मचारीमा परेका छन् । कारबाहीमा पर्नेमा ३ जना एसपी, ४ जना डीएसपी, १२ जना इन्स्पेक्टर, ४६ जना सई र ४६ जना असई रहेका छन् ।

त्यस्तै, ३०५ जना हवल्दार, ६७५ प्रहरी जवान कारवाहीमा परेका छन् । प्रहरीले यही अवधिमा एक हजार ९८० जनालाई प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds