नेपालले जित्यो एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि

नेपालले जित्यो एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि

Nepali-Womens-Volleyball-Team

एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल महिलातर्फ च्याम्पियन भएको छ।

मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनल भिडन्तमा उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो।

पहिलो सेट नेपालले २६-२४ ले जितेको थियो। दोस्रो सेट भने नेपालले गुमायो। दोस्रो सेटमा उज्वेकिस्तान २६-२४ ले नै विजयी भयो। तेस्रो सेटमा नेपालले उत्कृष्ट खेल देखायो। नेपाल २५-१५ ले विजयी हुन सफल भयो।

चौथो सेटमा फेरि उज्वेकिस्तान हाबी भयो। चौथो सेट २४-२२ ले जित्दै उज्वेकिस्तानले खेललाई २-२ को बराबरीमा ल्यायो। निर्णायक पाँचौ सेट १५-१० ले जित्दै नेपाल च्याम्पियन भयो।

यससँगै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । यस्तै, सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

नेपालको यो दोस्रो अन्तराष्ट्रिय उपाधि समेत हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ