पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा जारी २० औ संकरणको ल्होसार सेन्चुरी मेलामा आज (सोमबार) देखि बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
तमु समुदायको पर्व ल्होसारको अवसरमा आयोजित सेन्चुरी मेलामा बास्केटबल र भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष मिकास गुरुङले बताए । उनका अनुसार बास्केटबल तर्फ ५ खेल सम्पन्न भएका छन् । पहिलो खेलबाट आयोजक टिम ‘ए’ले बिजयी सुरुवात गरेको छ । सेन्चुरी भेट्रान्सलाई आयोजक टिम ‘ए’ले ५०–२४ ले पराजित गर्याे । यसैगरी दोस्रो खेलमा याङजाकोटले आयोजक टोली ‘बी’लाई ३४–१३ ले हराउदै अघिल्लो चरणमा प्रवेश गर्याे ।
तेस्रो खेलमा सेन्चुरी भेट्रान्सलाई ग्यागोथरले ५६–३१ ले पराजित गर्याे । यसैगरी चौथो खेलमा आयोजक टोली ‘बी’लाई ७९–१६ को फराकिलो स्कोर सहित पराजित गर्दै दोस्रो चरणका लागि स्थान बनायो ।
यसैगरि भलिबल तर्फ याङ्जाकोटले आयोजक टोली ‘बी’लाई २५–१९ २५–२१ को सोझो सेटमा पराजिगत गर्याे । यसैगरी दोस्रो खेलमा माछापुच्छ्रे युवा क्लबले आयोजक टिम ‘सी’लाई २९–३१, २५–१२ २५–१२ को सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गर्याे ।
मेलाको तेस्रो दिन मंगलबार पनि भलिबल तथा बास्केटबलका बाँकी खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार भलिबल प्रतियोगिताका लागि १४ टिम र बास्केटबलतर्फ १० टिम सहभागि छन् । दुवै प्रतियोगिताको विजेता टिमले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः १५ र ८ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते