काठमाडौँ । बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा आज नेपालले उज्वेकिस्तानसँग खेल्दै छ ।
ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त बिहान ११ः१५ बजे सुरु हुनेछ ।
साविक विजेता नेपाल आज उज्वेकिस्तानलाई हराएर उपाधि जित्ने योजनामा रहेको छ । जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ ।
नेपाल अपराजित रहदै च्याम्पियन बन्ने दाउमा समेत रहेको छ ।
नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । उज्वेकिस्तान दोस्रो स्थानमा रहदै नेपालसँगको भेट पक्का गरेको हो ।
राउण्ड रोबिनको लिग खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो ।
लिग चरणमा अपराजित रहेको नेपालले ५ खेलबाट १४ अंक जोड्यो । दोस्रो स्थानमा रहेको उज्वेकिस्तानले ११ अंक जोड्यो ।
यस्तै महिलातर्फको तेस्रो स्थानका लागि श्रीलंका र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ ।
राउण्ड रोबिनको लिग चरणमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने