पोखरा । पन्ध्र वर्ष अघि हत्या गरेर फरार रहेका पोखराका अशोक गुरुङ बहराइनबाट पक्राउ परेका छन् ।
२०६३ वैशाख २९ गते पोखरा ३२, सातमुहानेमा सामान्य विवादमा रोजन राईको हत्या गरी फरार गुरुङ हत्यामा संलग्न भएको पुष्टि भएपछि मंसीर २७ गते रेड नोटिस जारी भएको थियो । गुरुङले राईलाई दाउराको चिर्पट प्रहार गरी गम्भीर घाईते बनाएका थिए । राईलाई अस्पताल लग्दा मृत घोषित गरिएको थियो ।
‘यो केसको फाइल हेरेँ । उनी पक्राउ नपरेको थाहा भएपछि प्रक्रिया अघि बढाएँ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले गण्डकन्यूजसँग भने – ‘बहराईन प्रहरीबाट पक्राउ भइसकेको जानकारी माथिबाट प्राप्त गरेको छु ।’
इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले बहराइन प्रहरीसमक्ष गरेको अनुरोधको आधारमा त्यहाँको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले पनि सञ्चारमाध्यमलाई जनाए अनुसार तत्कालिन समय गुरुङ संलग्न भएको बारे नखुल्दा वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए । अहिले हत्यामा उनी संलग्न भएको खुलेपछि रेडनोटिस जारी भएको थियो ।
गुरुङलाई कूटनीतिक च्यानलबाट सुपुर्दगी गरेर काठमाडौं ल्याउने प्रक्रिया सुरु गरिएको हो । एनसीबी नेपालले यही वर्ष सरकारी कागजात कीर्ते कसूरका आरोपी केदार ढुंगानालाई सुपुर्दगी गरेर पोर्चुगलबाट नेपाल ल्याइसकेको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणका कृष्ण गोपाल अग्रवाल पनि इन्टरपोलकै सहयोगमा पक्राउ परेका थिए ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने