पोखराको चिप्लेढुंगा स्थित शैक्षिक परामर्शदातृ संस्था थर्ड आई एजुकेशनले आयोजना गरेको एक दिने एजुकेसन स्टडी अब्रोड फेयरबाट दर्जनौं विद्यार्थी लाभान्वित भएका छन् ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी आफ्नै भवनमा आयोजना गरेको फेयरबाट विद्यार्थीले एकै ठाउँबाट चार देशका युनिभर्सिटिबारे बुझ्ने मौका पाए । निःशुल्क प्रवेशको बन्दोबस्त मिलाइएको उक्त फेयरमा फेयरमा विशेष गरी अष्ट्रेलिया, यूएसए, यूके र क्यानडा पढ्न जान चाहने विद्यार्थीलाई काउन्सिलिङ गरिएको थियो ।
संस्थाका प्रबन्ध निर्देशक प्रकाश गैह्रेका अनुसार फेयरमा सम्बन्धित देशका युनिभर्सिटीका प्रतिनिधिले आफ्ना युनिभर्सिटीका विशेषतासँगै त्यस देशको शिक्षा प्रणाली, परिवर्तिन नीति, कलेज तथा युनिभर्सिटीका कोर्षहरुबारे परामर्श दिएका थिए ।
हामीले सोचेजस्तै फेयर भव्य ढंगले सम्पन्न भयो । लामो समय ग्याप भएका कारण पनि हुनसक्छ । दर्जनौं विद्यार्थीहरुको सहभागिता रह्यो । उहाँहरुले निकै चाख मानेर युनिभर्सिटीहरुबारे बुझ्नुभयो । गैह्रेले भने ।
पछिल्लो समयमा उच्च शिक्षा अध्ययनका लागि विदेशी युनिभर्सिटीतर्फ आकर्षण र चासो बढिरहेको सन्दर्भमा यस फेयरमा यी चार देशका युनिभर्सिटीकै प्रतिनिधि आएर विद्यार्थी र उनीहरुका अभिभावकसँग प्रत्यक्ष परामर्श दिएका थिए । फेयरले विदेशमा अध्ययन गर्नका लागि विद्यार्थीले सही सूचना र जानकारी प्राप्त गरेको थर्ड आईले विश्वास लिएको छ ।
चिप्लेढुंगामा रहेर दशकबढी समयदेखि शैक्षिक परामर्श र विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाउन सहयोग गर्दै आएको थर्ड आई एजुकेशनको वीरेन्द्रनगर (सुर्खेत), काठमाण्डौ र नयाँ दिल्ली (भारत) मा पनि शाखा छ ।
थर्ड आईले विशेषतः आईएलटिएस, टोफल, जिआरई, जिम्याटका कोर्सहरु पनि सञ्चालन गर्दै आएका छ । फ्रि एजुकेशनका बारेमा परामर्श दिने मूख्य संस्था पनि हो ।
सम्बन्धित समाचारः
‘थर्ड आई एजुकेसन फेयरमा ४ देशका यूनिभर्सिटीबारे बुझ्न सकिनेछ’
पोखरामा शुक्रबार ‘थर्ड आई एजुकेसन स्टडी अब्रोड फेयर’
सम्बन्धित खबर
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन