अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलो पटक मृत्यु

अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलो पटक मृत्यु

corona-dead

काठमाडौँ । अस्ट्रेलियामा कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । न्यु साउद वेल्स राज्यमा ओमिक्रोनबाट एक ८० वर्षीय बृद्धको मृत्यु भएको हो ।

केयर फेसिलिटीमा संक्रमित उनको उपचारका क्रममा सिड्नीको एक अस्पतालमा मृत्यु भएको हो । पछिल्लो समयमा अस्ट्रेलियामा कोभिड संक्रमितको संख्या बढेको छ । संक्रमितको संख्या बढे पनि अस्पतालमा भर्ना हुने दर भने घटेको छ ।

अस्ट्रेलियामा कोभिडका कारण बन्द गरिएका सीमाना दुई वर्षपछि दुई साताअघि खुला गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ