अफगानिस्तानमा महिलाहरुलाई एक्लै लामो दूरीको यात्रा गर्न प्रतिबन्ध, पुरुषको साथ अनिवार्य

अफगानिस्तानमा महिलाहरुलाई एक्लै लामो दूरीको यात्रा गर्न प्रतिबन्ध, पुरुषको साथ अनिवार्य

muslim girl

काठमाडौँ । अफगानिस्तानमा महिलाहरुलाई एक्लै लामो तथा मध्यम दूरीको यात्रा गर्र्न प्रतिबन्ध लगाइएको छ ।

तालीवान सरकारले एक उर्दी जारी गर्दै कुनै पनि महिलाले मध्यम र लामो दुरीको यात्रा गर्दा नातेदार पुरुष साथमा हुनुपर्ने बताएको हो ।

तालीवानले सम्बन्धित मन्त्रालयलाई यो नियम तत्काल लागु गर्न निर्देशन दिंदै ७२ किलोमिटर भन्दा बढी दुरीको यात्रामा महिलाले एक्लै यात्रा गर्न नपाउने जनाएको छ ।

तालिबानले बुर्का लगाएका महिलालाई मात्रै यात्राका लागि गाडीमा चढाउन पनि आग्रह गरेको छ ।

यसैगरी, कुनै पनि गाडीमा गीत संगीत बजाउन नपाइने नियम पनि लागु गरेकोे छ । यसअघि उनीहरुले टेलिभिजन च्यानलहरुलाई निर्देशन दिंदै टेलिश्रंखला र नाटक प्रदर्शनमा रोक लगाएका थिए ।

तालीवानको पछिल्लो उर्दीप्रति पनि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ