काठमाडौँ । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपालको पुरुष टोलीले दोस्रो जित निकालेको छ ।
ढाकामा आइतबार भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले दोस्रो जित निकालेको हो ।
नेपालले माल्दिभ्समाथि २७–२५, २५–१९ र २५–२३ को सेटमा जित निकालेको हो ।
खेलमा नेपालका मान बहादुर श्रेष्ठ प्लेयर अफ दि म्याच चुनिए ।
यस जितसँगै नेपालले ४ खेलमा ६ अंक जोडेको छ । नेपालको फाइनल पुग्ने सम्भावना कायम रहेको छ । माल्दिभ्स अंक विहीन रहेको छ ।
यस अघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सेटमा पराजित भएको थियो ।
दोस्रो खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको नेपालले तेस्रो खेलमा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको थियो ।
महिलातर्फ नेपाल फाइनल पुगिसकेको छ ।
आइतबार उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपालले अन्तिम खेल आज सोमबार किर्गिस्तानको सामना गर्दैछ । नेपाल र किर्गिस्तानबीचको खेल ११ः१४ बजे सुरु हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने