पोखराको सातमुहानेबाट १ किलो २३० ग्राम चरेससहित दुई जना पक्राउ

पोखराको सातमुहानेबाट १ किलो २३० ग्राम चरेससहित दुई जना पक्राउ

269804550_432785155215551_7854611978901560929_n

पोखरा।  कास्की प्रहरीले लागु औषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -३२ स्थित सातमुहानेमा अवैध लागु औषध चरेसको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले १ किलो २३० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुकुम जिल्ला भूमे गाउँपालिका वडा नं -२ घर भइ हाल पोखरा -३२ सातमुहाने बस्दै आएकी ५६ वर्षीया कुमारी बुढा र पोखरा -३२ खुदिखोला बस्ने १९ वर्षीय विकास थापा रहेका छन्।

पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds