काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।
बृहत नागरिक आन्दोलनका अगुवा प्रा. डा. गोविन्द केसीसहितको टोलीले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै आज (आइतबार) ज्ञापन पत्र बुझाएका हुन् ।
प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु प्रकाशमा आएको र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदनमा पनि भ्रष्टाचारको विषय उल्लेख भएकाले अनुसन्धान गर्न विभागको ध्यानाकर्षण गराइएको छ ।
उजुरी पत्रमा लेखिएको छ, ‘हालसम्म प्रकाशित समाचार तथा अन्य सूचना सामग्रीहरुलाई आधार बनाई तथा सो सम्बन्धी उजुरी समेत ग्रहण गरी कसुरबाट प्राप्त सम्पत्ति जफत गर्ने तथा कसुरमा संलग्न व्यक्तिलाई दण्डित गर्ने सम्बन्धमा प्रभावकारी अनुसन्धान तथा अन्य आवश्यक कारवाही तत्काल प्रारम्भ गरी पाऊँ भनी सम्बन्धित सूचना सामग्री संलग्न गरी ध्यानाकर्षण गराउन चाहन्छौं ।’
प्रधानन्यायाधीश जबराले विशेष अदालतको न्यायाधीश हुँदा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको र त्यो रकम पत्नी रेजी राणाको नाममा २०६५ सालमा ठमेलमा रहेको कि.नं १०९ र ११० को जग्गा किनेको आरोपसमेत लगाइएको छ ।
ज्ञापनपत्र लिँदै विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले प्रधानन्यायाधीशविरुद्धको सम्पत्ति शुद्धीकरणको प्रक्रिया अघि बढ्ने बताए ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डा लगायतका विवादमा मुछिएपछि उनको राजिनामा माग गर्दै नेपाल बार एशोसिएसनले विगत दुई महिनादेखि आन्दोलन गर्दै आएको छ ।
यस्तो छ उजुरी पत्रः



सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम