चाउचाउ उद्योगमा विस्फोट, ६ मजदुरको मृत्यु

चाउचाउ उद्योगमा विस्फोट, ६ मजदुरको मृत्यु

blast fire

File photo

भारतको बिहारस्थित एक चाउचाउ उद्योगमा विस्फोट हुँदा कम्तिमा ६ जना मजदुरको ज्यान गएको छ ।

आइतबार बिहारको मुजफ्फरपुरस्थित एक चाउचाउ उद्योगमा बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट भएको अधिकारीहरूले बताएका छन् ।

विस्फोटमा परी कम्तिमा ६ जना मजदुरको मृत्यु भएको र दर्जन बढी घाइते भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

विस्फोट निकै ठूलो भएका कारण ५ किलोमिटरसम्म आवाज सुनिएको थियो । विस्फोटलगत्तै लागेको आगो नियन्त्रण गर्न ५ वटा दमकल परिचालन गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । विस्फोटका कारण नजिकैका संरचनामा समेत क्षति पुगेको समाचारमा उल्लेख छ ।

हाल चाउचाउ उद्योगमा उद्दार कार्य जारी रहेको छ । घटनाबारे पूर्ण विवरण आइनसकेका कारण मृतकको संख्या बढ्न सक्ने अधिकारीले बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ