ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु

ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु

boat

काठमाडौँ । ग्रीसमा डुङ्गा डुब्दा १६ जनाको मृत्यु भएको छ ।

सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा १२ पुरुष, तीन महिला र एक शिशु गरी १६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

मध्य एसियन सागरमा चार दिनको अन्तरमा आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो घटना हो ।

टर्कीबाट इटली गइरहेको डुङ्गामा ८० जना सवार थिए । एसियन सागर मुख्य गरी ग्रीस, अफ्रिका र मध्यपूर्वका शरणार्थी र आप्रवासीहरूका लागि युरोपेली सङ्घमा जाने मुख्य मार्गमध्येको एक हो । तर सन् २०१५ देखि शरणार्थीहरुले यो मार्गको प्रयोग गर्न छाडेका थिए ।

गएको बिहीबार र बुधबार पनि डुङ्गा डुबेका थिए । सन् २०२१ मा ग्रीसले एक हजार ४ सय ५० खोज तथा उद्धार अभियानमार्फत २९ हजार भन्दा बढी मानिसको उद्धार गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds