सेन्ट्रल जोन भलिबलमा नेपालको पुरुष टोली श्रीलङ्कासँग पराजित

सेन्ट्रल जोन भलिबलमा नेपालको पुरुष टोली श्रीलङ्कासँग पराजित

Nepali-Vollyball

काठमाडौँ । एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष टोली श्रीलंकासँग पराजित भएको छ ।

बङ्गलादेशको ढाकामा शनिबार भएको खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको हो ।

पहिलो सेट श्रीलंकाले २५–१८ ले जितेकोमा दोस्रो सेट २५–२२ ले जित्दै नेपालले खेल बराबरीमा ल्याएको थियो । तर तेस्रो र चौथो सेट क्रमशः २५–२२ र २५–१६ ले जित्दै श्रीलंका विजयी भयो ।

प्रतियोगितामा नेपालको पुरुष टोलीको यो दोस्रो हार हो ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सेटमा पराजित भएको थियो। तर, दोस्रो खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो ।

अब नेपालले आज आइतबार माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल दिउसो ३ः४५ बजे सुरु हुनेछ ।

महिला टोलीले भने लगातार तेस्रो जित निकालेको छ ।

आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।

यस जितसँगै नेपाल फाइनल नजिक पुगेको छ ।

अब नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ