पोखरा । रानीबन बचत तथा ऋण सहकारी संस्था पोखराको अध्यक्षमा प्रेमप्रसाद सुवेदी चयन भएका छन् । सहकारीको ८ औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा अच्युत पौडेल, सचिवमा प्रकाशकुमार श्रेष्ठ, कोषाध्यक्षमा रेशम अधिकारी चयन भएका छन् । यस्तै, सदस्यहरुमा शरद काफ्ले, कमला श्रेष्ठ, उपेन्द्र अधिकारी चयन भए ।
लेखा समितिको संयोजनकमा राजु सुवेदी, सदस्यहरुमा रामविश्वास शाह र रवि प्रसाद आचार्य चयन भएका छन् । पद अनुसार आवश्यक संख्यामा मात्रै उमेद्वारी परेपछि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको निर्वाचन संयोजक किसान सुनारले बताए ।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले सहकारी ऐनमा भएका कमिकमजोरीलाई सुधार गर्दै लैजाने बताए । उनले सहकारी कम्पनी अनुसार चलाउन सक्ने गरी ऐन संशोधनको तयारीमा रहेको बताए ।
सहकारी कम्पनी ऐन अनुसार चलेमा सहकारीले पनि ठूलो योजनाहरु संचालन गर्ने पाउने उनको भनाई थियो । उनले बचत तथा ऋण सहकारीले पनि उत्पादनमूलक क्षेत्रमा लागनीमा बढी जोड दिनुपर्ने बताए ।
कार्यक्रममा गण्डकी चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनार, पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष यामनाथ पौडेल, सहकारीका सल्लाहकार डिल्लीप्रसाद गौतम, रामचन्द्र पौडेल, सन्तोष पोखरेल, सहकारी म्यानेजर क्लबका उपाध्यक्ष हरीप्रसाद पन्थी लगायतले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिँदै सहकारीले गरेको कामको प्रशंसा गरे ।
उनीहरुले सहकारी ऐनले विभिन्न शीर्षकमा कोष राख्नु पर्ने बाध्यात्मक नियम हटाउन माग गरे । एउटै प्रकृतिका दुईतीन वटा शीर्षकमा कोष राख्दा लगानीकर्तालाई नोक्सानी भइरहेको उनीहरुको भनाई थियो ।
रानीबन सहकारीको शेयर पूँजी ४ करोड २४ लाख, निक्षेप ९ करोड ३७ लाख, ऋण लगानी १९ करोड ५१ लाख रहेको छ । अधिवेशनले अध्यक्ष प्रेमप्रसाद सुवेदी, सचिव सुबास अधिकारी र कोषाध्यक्ष प्रकाशकुमार श्रेष्ठले प्रस्तुत गरेका प्रतिवेदन पारितसमेत गरेको छ ।
सम्बन्धित खबर
नागीधार महोत्सव एक दिन थप
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
तेस्रो वडा अध्यक्ष कपको उपाधि बौदीकालीलाई
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी