गुगल र फेसबुकलाई पन्छाउँदै टिकटक बन्यो सबैभन्दा लोकप्रिय कम्पनी

गुगल र फेसबुकलाई पन्छाउँदै टिकटक बन्यो सबैभन्दा लोकप्रिय कम्पनी

tiktok

यो वर्ष सन् २०२१ मा चिनियाँ भिडियो सेयरिङ प्लेटफर्म टिकटक सबैभन्दा लोकप्रिय प्रविधि कम्पनी बनेको छ । अमेरिकी सर्च इञ्जिन गुगललाई पछि पार्दै टिकटक सबैभन्दा लोकप्रिय कम्पनी बनेको हो । गत वर्ष सन् २०२० मा टिकटक दोस्रो स्थानमा थियो ।

टिकटकले यसअघि नै अमेरिकी कम्पनीहरू फेसबुक, माइक्रोसफ्ट र एप्पललाई पछाडि पारिसकेको छ । क्लाउडफेयरले सार्वजनिक गरको रिपोर्टअनुसार टिकटकले आफूलाई छोटो अवधिमै विश्वकै सबैभन्दा लोकप्रिय प्रविधि कम्पनीमा उभ्याएको हो ।

योसँगै गुगल दोस्रो स्थानमा आइपुगेको छ । गुगलपछि फेसबुक, माइक्रोसफ्ट, एप्पल कम्पनीहरू क्रमश स् तेस्रो, चौथो र पाँच स्थानमा छन् । यस्तै, ई–कमर्श कम्पनी अमेजन छैठौं र नेटफ्लिक्स सातौं स्थानमा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds