एभीसी सेन्ट्रल भलिबलः नेपाली पुरुष टोलीको पहिलो जित

एभीसी सेन्ट्रल भलिबलः नेपाली पुरुष टोलीको पहिलो जित

valliball

काठमाडौँ । एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली पुरुष टोलीले पहिलो जित निकालेको छ ।

बंगलादेशको ढाकामा शुक्रबार भएको खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै नेपालले पहिलो जित निकालेको हो ।

नेपालले पहिलो सेट २५–१८ ले हारे पनि लगातार तीन सेटमा विजयी भएको हो । नेपालले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२१ र चौथो सेट २५–२३ ले जित्यो ।

खेलमा नेपालका धन बहादुर प्लेयर अफ दि म्याच चुनिए ।

यस अघि बिहीबार भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमै पराजित भएको थियो ।

अब नेपालले तेस्रो खेलमा आज शनिबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल दिउसो ५:४५ बजे सुरु हुनेछ ।

यस्तै, नेपालको महिला टोलीले आज आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल बिहान ९:१५ बजे सुरु हुनेछ ।

महिलातर्फ नेपालले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराएर लगातार दोस्रो जित निकालेको हो ।

महिलाको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।

पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ